अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

लेबनानमा रहेका सबै नेपाली शान्ति सैनिक सुरक्षित : सेना

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:३१ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।शान्ति मिसनमा लेबनानमा रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको सैनिक प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताउनुभयो ।

सैनिक प्रवक्ता केसीले शान्ति मिसन वरपर केही छिटपुट घटना भएकाले यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ र संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्ने बताउनुभयो । हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू