अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

दशैंको टीकाको आज चौथो दिन

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:३० मा प्रकाशित

आज दशैं टीकाको चौथो दिन । मान्यजन र आफन्तसँग टीका र जमरा लगाउने क्रम आज पनि जारी छ ।विजयादशमीको दिनमा टीका लगाउन नभ्याएकाहरूले टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्मै जारी रहन्छ । पश्चिम नेपालको कतिपय स्थानमा भने विजया दशमीको दिन मात्र टीका लगाउने चलन छ ।

घटस्थापनाको दिन घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाएर मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ । यसैबीच दशैं मान्न गएकाहरु धमाधम काठमाण्डौं फर्कन थालेका छन् । गाउँ गएकाहरु फर्कने क्रम सुरु भएसँगै उपत्यकामा चहलपहल बढ्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू