अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

यू-१९ महिला विश्वकप एसिया छनोट : तेस्रो चरणको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट

बिआरटीनेपाल २०८१ असोज २८ गते ६:३१ मा प्रकाशित

आईसीसी यू(१९ महिला विश्वकप एसिया छनोटका लागि तेस्रो चरणको बन्द प्रशिक्षण शिविरमा १८ खेलाडी छनोट गरिएको छ ।२०२४ नोभेम्बरमा हुने प्रतियोगिताका लागि असोज ३० गतेबाट भैरहवामा तेस्रो चरणको बन्द प्रशिक्षण सुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार बन्द प्रशिक्षणमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन र पूजा महतो छानिएका छन् ।यस्तै, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निा मरासिनी, स्नेहा महरा, सोनि पाख्रिन र भवानी कामत रहेका छन् ।

क्यानका अनुसार सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुँवर र रञ्जु श्रेष्ठलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू