अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने

बिआरटीनेपाल २०८१ असोज २८ गते ५:५१ मा प्रकाशित

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीले संयुक्त रूपमा प्राप्त गर्ने भएका छन् । नोबेल पुरस्कार छनोट समितिले म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनको योगदानलाई सम्मान गरेर उनीहरुलाई पुरस्कृत गर्न लागिएको पुुरस्कार छनोट समितिले जनाएको छ । योसँगै यो वर्षको नोबेल पुरस्कारका सबै विधाको टुङ्गो लागेको छ ।

यसवर्ष चिकित्साशास्त्रतर्फ भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले, भौतिकशास्त्रतर्फ जोन जे हप्फील्ड र जेफ्री ई हिन्टनले, रसायनशास्त्रतर्फ डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्परले, साहित्यतर्फ हान काङ र नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निदोन हिदान्क्यो’ संस्थाले पाउनेछन् । हरेक पुरस्कारको राशी १ करोड १० लाख स्वीडिस क्रोनर अर्थात् नौ लाख, ९० हजार अमेरिकी डलर बराबर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू