अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ९ रनले हरायो

बिआरटीनेपाल २०८१ असोज २७ गते २०:२२ मा प्रकाशित

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा अस्ट्रेलिया र इङ्ल्यान्ड विजयी भएका छन् । समूह ‘ए’ को खेलमा अस्ट्रेलियाले भारतलाई नौ रनले हरायो । अस्ट्रेलियाले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४२ रन मात्र बनाउन सक्यो । त्यसअघि शारजाहमा टस जितेर पहिला व्याटिङ गरेको अस्ट्रेलियाले आठ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो ।

यस्तै हिजो नै भएको समूह ‘बी’ को अर्को खेलमा इङ्ल्यान्डले स्कटल्यान्डलाई १० विकेटले हराएको छ । स्कटल्यान्डले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले कुनै पनि विकेट नगुमाई १० ओभरमा लक्ष्य भेट्टायो । महिला टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू