अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

दशैंअघिको दुई दिनमा ६३ हजारले हवाईयात्रा गरे

बिआरटीनेपाल २०८१ असोज २७ गते ६:४० मा प्रकाशित

बडादशैंको दुुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते (फूलपाती) र २६ गते (महाअष्टमी-महानवमी)का दिनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान गरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेको जनाइएको छ ।असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ।

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाई यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको भएको जनाइएको छ ।

यस्तै असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए भने ती उडानमार्फत उक्त दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए । असोज ११ र १२ गते भएको लगातारको वर्षाले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोका कारण सडक तथा राजमार्ग अवरुद्ध भएको थियो । सडक सञ्जाल अवरुद्ध हुँदा असोज १३, १४, १५ र १६ गते हवाई उडानमा चाप थपिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै उडानमा चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको भीड बढेको थियो । अब हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू