अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

महिला साफ च्याम्पियनशिप खेल्न पाकिस्तानको टोली नेपाल आइपुग्यो

बिआरटीनेपाल २०८१ असोज २७ गते ६:३६ मा प्रकाशित

आउँदो कात्तिक एक गतेदेखि हुने महिला साफ च्याम्पियनशिप फुटबल खेल्न पाकिस्तानको टोली नेपाल आइपुगेको छ । साफको सातौं संस्करण खेल्न गएराति आएको टोलीलाई एन्फा प्रवक्ता सुरेश शाहले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो । पाकिस्तानले साफमा सहभागी हुन अन्तिम समयमा स्विकृति पाएको हो ।पाकिस्तानी बोर्डले स्विकृत दिन आनाकानी गरेपछि पाकिस्तान महिला फुटबल टोलीको सहभागिता अन्योलमा परेको थियो । नेपालमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्नेछ । प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा कात्तिक एक गते भारत र पाकिस्तानबीच खेल हुनेछ । आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन ।

महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ । एन्फाका प्रतियोगिता संयोजक सञ्जीव मिश्रले विदेश लिग खेलिरहेका रेखा पौडेल र सावित्रा भण्डारीले पनि साफ च्याम्पियनशिप खेल्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू