अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 19:02

मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा शुरू

बिआरटीनेपाल २०८१ असोज २७ गते ६:३२ मा प्रकाशित

मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा शुरू भएको छ । सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ ।यात्रीहरू आज बिहान झापाको मेची पुल पुगेर उद्धार कार्यको थालनी गरेका छन् । उद्धार भएकाहरूलाई सम्बन्धित प्रदेशमा रहेको मानवसेवा आश्रमको सेवा केन्द्रहरूमा राखिने आयोजकले जनाएको छ ।

यात्रामा ५० जना यात्री अर्थात् उद्धारकर्मीहरु रहेका छन् । मानवसेवा आश्रमको ७ वटा प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालनमा छन् । पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७ सय ५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३ सय ४ जनाको उद्धार भएको थियो ।

यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । मानव सेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ साल भित्र नेपाललाई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश निर्माण गर्ने सङकल्प गरेको छ । मेची महाकाली राष्ट्रिय उद्धार यात्राको हिजो बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । यात्राको क्रममा कुनै अवरोध भए आफूलाई तुरुन्त फोन गर्न ओलीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू