अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 17:36

भक्तपुरमा मनाइयो पाँय् न्ह्याकेगु जात्रा

बिआरटीनेपाल २०८१ असोज २७ गते ६:२८ मा प्रकाशित

विजयादशमीका अवसरमा भक्तपुरमा आज परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सकिएको छ ।जात्रामा आफ्ना विभिन्न पेशा व्यवसायमा प्रयोग हुँदै आएका घरेलु तथा परम्परागत हतियारको पूजा गरेर प्रदर्शन गर्ने गरिन्छ । पुर्खौंदेखि स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीय मानन्धरहरूले बर्सेनी मोहनि नखः (बडादशैं)को विजयदशमीको दिन साँझदेखि शुरु गरी रातिसम्म पाँय् न्ह्याकेगु जात्रा गर्दै आएका छन् ।

पाँय्लाई स्थानअनुसार ‘पा’ वा ‘खाँ’ पनि भन्ने गरिएको छ । यस्तै पाँय् न्ह्याकेगुको अर्थ हतियार सञ्चालन गर्ने भन्ने गरिन्छ । ‘पा’ भनेको बन्चरो, खड्ग वा अन्य हतियार हुने भएकाले धेरै ठाउँमा मोहनि नखःको अष्टमी, नवमी, दशमी र एकादशी तिथिमा पायो वा पायाः वा खाँ पिहाँवइगु जात्रा मनाउने गरेको बताइन्छ ।

विजयादशमीको दिन रातिको बेला मनाइने यस जात्रामा परम्परागत पेशामा प्रयोग हुने विभिन्न हतियार बोकेर बाजाको तालमा साः (तोरी पेल्ने परम्परागत कारखाना) मा प्रतिष्ठापन गरिएका भैरवलाई तीनपल्ट र सोही साः बाहिर रहेको इनारमा तीनपल्ट परिक्रमा गर्ने गरिएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू