अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५
| Colorodo: 19:10
राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८१ का अवसरमा आफ्ना दाजुबाट विजयादशमीको टीका लगाउनुभएको छ । ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा उहाँले दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुभएको हो ।राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका जमरा लगाइदिनुभएको छ ।
यसैबीच रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिँदै हुनुहुन्छ । आज दिउँसो साढे ३ बजे देखि बेलुका ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुभएको भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।