अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 05:49

लेबनानका प्रधानमन्त्री मिकातीद्वारा युद्ध विरामको प्रस्ताव

बिआरटीनेपाल २०८१ असोज २६ गते ६:५९ मा प्रकाशित

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच तत्काल युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ ।टेलिभिजनमा सम्बोधन गर्दै उहाँले युद्धविरामको एउटा अंशको रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताउनुभएको छ ।

लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई पूर्ण र तत्काल युद्धविरामको आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने उहाँले बताउनुभयो । यसअघि हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने बताएको थियो । लेबनानी अधिकारीहरूका अनुसार एक वर्षको युद्धमा दुई हजार एक सयभन्दा बढी मानिसको मृत्यु र १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू