अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८
| Colorodo: 05:43
यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् ।नाेबेल पुरस्कार छनाेट समितिले वाशिङ्टन विश्वविद्यालयका डेभिड बेकरलाई कम्प्युटेसनल प्रोटिन डिजाइनका लागि र गुगल डिपमाइन्डका डेमिस हसाबिस तथा जोन एम जम्परलाई प्रोटिनको स्ट्रक्चर प्रेडिक्सनका लागि पुरस्कार दिने निर्णय गरेको बीबीसीले जनाएको छ ।
रसायनशास्त्रतर्फ अहिलेसम्म एक सय १६ पटक नोबेल पुरस्कार दिइएकोमा एक सय ९७ जनाले पाएका छन् । दुई जना वैज्ञानिक दुई/दुई पटक पुरस्कृत भएका छन् । नोबेल पुरस्कार समितिले अस्ति चिकित्साशास्त्रतर्फ र हिजो भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरेको थियो । अब भोलि साहित्य, पर्सि शुक्रवार शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुने छ ।