अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 21:38

गौशाला धर्मशाला खाली गर्न गएको महानगर प्रहरीलाई नेपाल प्रहरीले फर्कायाे

बिआरटीनेपाल २०८१ असोज २३ गते ८:१८ मा प्रकाशित

पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गर्न गएको काठमाण्डौ महानगरको प्रहरीलाई नेपाल प्रहरीले फर्काएको छ ।धर्मशाला सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेको काठमाण्डाै महानगरपालिकाले आज बिहान नगर प्रहरी पठाएर भवन खाली गर्न माइकिङ गरेको थियो । यस्तै दिउँसो वडा नम्बर ८ का अध्यक्ष आशमान सङ्गत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली पुगेर धर्मशालामा महानगरको बोर्ड राखेको थियो ।

महानगरको बोर्ड राख्ने क्रममा मारवाडी सेवा समितिका सदस्यहरूले भवन खाली लगाउन लिखित पत्र दिनुपर्ने, नेपाल प्रहरी आउनुपर्ने भन्दै अवरोध गरेका थिए । त्यसपछि नेपाल प्रहरी पुगेर महानगरको टोलीलाई फर्काएको हाे । यसैबीच काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गर्नुभएको छ । फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले अदालतले दाबी पुग्दैन भनिसकेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेर समितिलाई संरक्षण गरेको भन्दै विरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू