अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२८ | Colorodo: 15:43

विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध क्षमता विकास गर्न झन्डै २० अर्ब रुपैयाँ ऋण दिने

बिआरटीनेपाल २०८१ असोज २३ गते ८:१६ मा प्रकाशित

विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध तथा यससम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर अर्थात् झन्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारलाई प्राकृतिक वा जलवायुजन्य विपद् तथा आपत्कालको अवस्थामा उपयोग गर्न सहुलियत ऋण स्वीकृत गरेको हो ।नेपाल विपद् प्रतिरोधात्मक विकास नीति ऋण नामक यस कार्यक्रमले विपद् प्रतिरोधात्मक क्षमता बढाउन नीतिगत सुधारलाई सहयोग गर्ने र प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि संस्थागत संयन्त्रलाई सुदृढ बनाउने उद्देश्य राखेको छ ।

यो सहयोगले पूर्वसूचना प्रणालीलाई सुधार गर्ने, जोखिम न्यूनीकरणका लागि नीति, संस्था र नियामक संरचना निर्माण गर्ने र सार्वजनिक स्वास्थ्य आपत्कालीन तयारीलाई थप मजबुत पार्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ । बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तर्राष्ट्रिय समुदायको गतिविधिका कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामना गर्न विश्व बैंकले यस्तो ऋण दिने गर्छ । विश्व बैंकले स्वीकृत गरेको ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू