अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

अमेरिकामा शक्तिशाली तुफान, १५ सय हवाई उडान रद्द

बिआरटीनेपाल २०८१ असोज २२ गते २०:५९ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा क्षेत्रमा शक्तिशाली तुफान आएको छ । मिल्टन नाम दिइएको तुफानले उक्त क्षेत्रमा ठूलो त्रास फैलिएको छ ।  तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिममा रहेको बताइएको छ । यो तुफान १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको बीबीसीले जनाएको छ । तुफान फ्लोरिडास्थित टाम्पा क्षेत्रतर्फ अगाडि बढ्दा थप शक्तिशाली बनेको छ ।यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको स्थानीयले बताएका छन् ।

फ्लोरिडामा आपतकाल घोषणा गर्न राष्ट्रपति कार्यालयले अनुमति दिइसकेको छ ।शताब्दीकै शक्तिशाली तुफान भएको हुनसक्ने अनुमान बताइएको बीबीसीले जनाएको छ ।  आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ हजार ५०० हवाई उडान रद्द गरिएको छ । राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गर्दै जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू