अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

बाह्रय दवाव र दुष्प्रभाव नबढोस्, खुसी हुन दसैं कुर्नु नपरोस्’- पूर्वराजा शाह

बिआरटीनेपाल २०८१ असोज २२ गते २०:५२ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दिपावलीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै खुसी हुनका लागि दसैं कुर्नु नपरोस् भनी कामना गर्नुभएको छ । शाहले बुधवार एक वक्तव्य जारी गर्दै दसैंको शुभकामना दिनुभएको हो । साथै, उहाँले बाह्रय शक्तिराष्ट्रहरूको दवाव र दुष्प्रभाव नपरी नेपालीहरू दसैंमा मात्र नभएर अन्य समयमा पनि खुसी र सुखी रहने अवस्था सृजना होस् भनी कामनासमेत गर्नुभएको छ ।

जनताको जीवनमा सकारात्मक परिवर्त ल्याउनका लागि आफूहरूले दरबार छाडेको तर, अहिले त्यसो नभएको शाहको भनाई छ। ‘खुसी हुन र रमाउन दसैं नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो’ उहााले उल्लेख गर्नुभएको छ,’जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौं। तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो वेचैनी बढाएको छ।’

प्रतिक्रिया