अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

उपनिर्वाचनबारे माओवादीको परिपत्र- धाँधली हुनसक्छ, मत परिणाम घोषणा नहुँदासम्म पार्टीको प्रतिनिधि खटाउनू

बिआरटीनेपाल २०८१ असोज २२ गते ७:१० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि वडा र पालिकाहरूमा चुनाव प्रचार–प्रसार समिति गठन गर्न निर्देशन दिएको छ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको परिपत्रमा पार्टी मतदाताहरूको नामावली छुट्न सक्ने भएकाले तुरुन्त पहल लिएर अभिलेखीकरण गराउने पार्टी पंक्तिलाई निर्देशन दिइएको छ ।

परिपत्रमा भनिएको छ, ‘उप–निर्वाचन हुन गइरहेका प्रचार–प्रसारलाई व्यवस्थित गर्न जन भेटघाट, घरदैलो, पिँडिसभा, चौतारी सभा, कोणसभा र आवश्यकता अनुसार अन्य सभाहरु गर्ने । सामाजिक सञ्जाल मार्फत प्रचारप्रसारको व्यवस्था मिलाउने । सांस्कृतिक टिम निर्माण गरी प्रचार–प्रसारलाई व्यवस्थित गर्ने ।’

पार्टीको नेतृत्वमा सबै जनवर्गीय संगठन, मोर्चाहरू तथा युवाहरूको टोली बनाएर परिचालन गर्ने, मतदानको दिन मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न ध्यान दिन निर्देशन दिइएको छ । परिपत्रमा भनिएको छ, ‘मतदान केन्द्र, मतपेटिकाको सुरक्षा तथा निर्वाचन धाँधलीरहित बनाउन मतदान केन्द्रमा प्रतिनिधि खटाउने र मत परिणाम घोषणा नहुँदासम्म मतगणना केन्द्रमा प्रतिनिधि खटाई विशेष सतर्कता अपनाउने ।’

प्रतिक्रिया