अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

गण्डकीदेखि पूर्वसम्मका केही ठाउँमा हल्का वर्षाको सम्भावना

बिआरटीनेपाल २०८१ असोज २१ गते २२:१० मा प्रकाशित

गण्डकीदेखि पूर्वसम्मका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार अस्ति आइतवारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही हप्ता देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले यो हप्ता भित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो ।

यसपटक मनसुन बाहिरिने समय र दशैँ एकैपटक परेकोले मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू