अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 23:47

दशैँसँगै पोखरामा हिमाली भेडाच्यांग्रा भित्रिए

बिआरटीनेपाल २०८१ असोज २० गते २१:१३ मा प्रकाशित

दशैं शुरु भएदेखिनै पारखमा हिमाली भेडा च्यांग्रा भित्रिएका छन् । पोखराको सिमपानीदेखि याम्दीको पुलसम्म भेडाच्यांग्राका हुल छन्। किनेबेच गर्न मोलमोलाइ चलिरहेको छ। भेडाच्यांग्रा र मान्छेका हूलले मेलाजस्तै देखिन्छ। पोखरामा जब हिमालका भेडाच्यांग्रा भित्रन्छन् तब दशैँको रौनक आउँछ। हरेक वर्ष घटस्थापना पहिलेदेखि भेडाच्यांग्रा ल्याउने क्रम सुरु हुन्छ।

हिमाली पाटन र बुकीमा चरेका भेडाच्यांग्राको स्वाद तिख्खर स्वास्थ्यका दृष्टिकोणले पोषिलो हुने भएकै कारण पोखरेलीले रुचाउँछन्। त्यसैले मुस्ताङ, डोल्पा, जुम्ला, बझाङ, बाजुरालगायतका जिल्लाका किसान र व्यापारी भेडाच्यांग्रा लिएर पोखरा झर्छन्। खसीबोकाको तुलनामा बिक्रीसमेत बढी हुन्छ।

यो वर्ष २५ हजारदेखि ४२ हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ। यहाँ प्रतिकिलो भन्दा मोलामोलाइ गरेर किनबेच गर्ने चलन छ। कास्कीमा यसपाली १५ हजार बढी भेडाच्यांग्रा भित्रिने अनुमान रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको अनुमान छ। यतिबेला छिटफुट व्यपार भइरहेको छ। सबैभन्दा धेरै किनबेच फूलपातीको दिनमा हुन्छ। दशैंका बिक्री नभएको भेंडाच्यांग्रा सिमपानी क्षेत्रमा तिहारसम्मै बिक्रीका लागि राखिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू