अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 07:47

इजरायल हमास युद्धको एक वर्ष पुरा

बिआरटीनेपाल २०८१ असोज १९ गते २१:५७ मा प्रकाशित

हमास र इजरायलबिचको युद्ध एक वर्ष पुरा भएको सन्दर्भमा विश्वभर प्यालेस्टेनीहरुको समर्थनमा प्रर्दशन भएको छ ।हमास नियन्त्रित क्षेत्र गाजालगायत विश्वका थुप्रै राष्ट्रहरुमा भएको प्रदर्शनमा हजारौंको सहभागिता रहको छ । हात हातमा प्यालेस्टाइनको झण्डा बोकेका उनीहरुले इजरायल सरकारको ज्यादतीविरुद्ध नाराबाजी गरेका छन् ।

गत वर्षको अक्टोबर ७ मा शुरु भएको यस युद्धले एक वर्ष पार गर्दा पनि युद्धबिरामको कुनै संकेत देखिएको छैन । गत अक्टोबर ७ देखि जारी आक्रमणका कारण हालसम्म ४१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।हमासले इजरायलमा आक्रमण गर्दा १२ सयको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाएका थिए । ती बन्धकमध्ये केहीको हत्या गरिएको छ भने केहीलाई रिहा गर्दा अझै केही बन्धकको अवस्था अज्ञात छ ।

हमासद्वारा संचालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गाजामा अधिकांश संरचनाहरु ध्वस्त भएका छन् । लाखौ पलायन भइसकेका छन् भने हजारौं अझैपनि गाजाको विभिन्न विद्यालयहरुमा शिविर बनाएर बसेका छन् । यता इजरायली सेनाले भने अझै पनि गाजामा स्थलगत र हवाइ हमला जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू