अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

अमेरिकामा अर्को महिना हुने चुनाव शान्तिपूर्ण हुनेमा शङ्का छ : बाइडेन

बिआरटीनेपाल २०८१ असोज १९ गते ४:३५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना हुने अमेरिकी राष्ट्रपति चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताउनुभएको छ ।सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले चुनाव निष्पक्ष र स्वतन्त्र हुने कुरामा आफु विश्वस्त भए पनि शान्तिपूर्ण हुने कुरामा आफूलाई शङ्का रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा घोटाला भएको आरोप लगाएपछि उहाँका समर्थकहरूले राजधानीमा तोडफोड गरेका थिए । रिपब्लिकनको पराजयपछि उहाँका सयौं समर्थकले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाअभियोग लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू