अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 01:04

डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ

बिआरटीनेपाल २०८१ असोज १९ गते ४:३४ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताउनुभएको छ ।नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा सञ्चारमन्त्री गुरुङले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो ।सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको बताउनुभयो । उहाँले डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भुमिका एनटिसीले निर्वाह गर्नुपर्ने भन्दै डिजिटल नेपालको लागि पूर्वाधार विकास गर्न निर्देशन दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले स्थानीय तह, प्रदेश र केन्द्र सरकार तीन तहकै सरकारले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राखे आम नागरिकहरुले सरकारी सेवा सुविधान लिन कठिनाइ भोग्नु नपर्ने बताउनुभयो । १० ठाउँमा चहार्नुपर्ने अवस्था डिजिटल नेपालपछि अन्त्य हुने र एकै ठाउँबाट सबै कामहरु गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले खर्चको कमी र भ्रष्टाचारको अन्त्य पनि डिजिटल नेपालबाटै सम्भव रहेको बताउनुभयो । सञ्चारमन्त्री गुरुङले प्रत्यक्ष रुपमा जनतासँग जोडिने ठाउँमा डिजिटल नेपालको प्रारम्भ सबैभन्दा पहिला गर्नुपर्ने बताउनुभयो । गत असोज १२ र १३ गते देशभर अविरल वर्षाका कारण भएको नेपाल टेलिकमको क्षतिबारे बुझ्न मन्त्री गुरुङ शुक्रवार टेलिकममा पुग्नुभएको थियो ।

टेलिकमका कर्मचारीहरुले उहाँलाई बाढी, पहिरो र डुबानले तराई, पहाड र हिमाली क्षेत्रमा भएको क्षतिबारे जानकारी समेत गराएका छन् । बाढी, पहिरो र डुबानले देशभर ठूलो जनधनको क्षति भएको छ । मन्त्री गुरुङले टेलिकमको टावरहरु भएको क्षति र नेटवर्कको समस्याबारे पनि जानकारी लिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू