अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

हैटीमा सामूहिक हमलामा २० जना मारिए

बिआरटीनेपाल २०८१ असोज १८ गते २१:२० मा प्रकाशित

अफ्रिकी मुलुक हैटीमा सामूहिक हमलामा २० जनाको मारिएका छन् । मारिनेहरुमा अधिकांश बालबालिका रहेका छन् ।हैटीको राजधानी पोेर्ट–ओ प्रिन्सबाट उत्तर–पश्चिममा ग्रान ग्रिफ र उनीहरुको बिरोधी समुहका सदस्यहरुबीच भएको भिडन्तमा ५० बढी घाइते भएका छन् । यो हमलालाई हैटी सरकारले नरसंहारको संज्ञा दिंदै देशमा अराजकता मच्चाउने जो कोहीलाई कानुनी दायरामा ल्याउने जनाएको छ ।

पछिल्लो समय ग्रान ग्रिफ समुहका लडाकुहरुले हैटीका कयौं हिस्सा आफ्नो कब्जामा लिइसकेका छन् । ग्रान ग्रिफ हैटीको सबैभन्दा हिंस्रक अपराधिक समूह मध्ये एक हो ।. सन् २०२३ को जनवरीमा यसका सदस्यहरूले पोर्ट–सोन्डमा एउटा प्रहरी थानामा आक्रमण गरेर ६ जना प्रहरीको हत्या गरेका थिए ।

यो समूहमाथि हत्या, बालात्कार, लुटपाट र अपहरण आदिको आरोप लाग्दै आएको छ । अमेरिकाले यो समूहका संस्थापक र अहिलेका नेता दुवैलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू