अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

महिला टी–२० विश्वकपमा दक्षिण अफ्रिका र न्यूजिल्याण्डको विजयी सुरुवात

बिआरटीनेपाल २०८१ असोज १८ गते २१:१४ मा प्रकाशित

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र न्यूजिल्याण्डले विजयी सुरुवात गरेका छन् । हिजो भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले र न्यूजिल्याण्डले भारतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेका हुन् । दुबईमा भएको खेलमा एक सय १९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभर ५ बलमा विना विकेटको क्षतिमा भेट्टायो । उसका कप्तान लाउरा वोल्भार्ड्टले ५९ र ताजमिन ब्रिट्सले ५७ रन जोड्दै खेल जिताए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

हिजो नै भएको अर्को खेलमा भारत न्यूजिल्याण्डसँग ५८ रनले पराजित भयो । टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जीतका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा एक सय २ रनमा समेटियो । अस्तिदेखि शुरू भएको प्रतियोगितामा बङ्गलादेश र पाकिस्तानले विजयी सुरुवात गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू