अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

नासाको ‘साइकी मिशन’ ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठायो

बिआरटीनेपाल २०८१ असोज १८ गते २१:१३ मा प्रकाशित

अमेरिकी अन्तरीक्ष संस्था नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ । अहिलेका लागि मिसनले सङ्केत पठाउनु महत्त्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ ।गएको वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो ।

प्रक्षेपण भएको झण्डै एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४ सय ६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । नासाका अनुसार यो उपलब्धि मानवका लागि भविष्यमा लेजरकोमाध्यमबाट मङ्गल ग्रह र त्यहाँबाट पृथ्वीमा सञ्चार गर्न सकिन्छ भन्ने प्रमाण हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू