अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

मिथिलाञ्चलको गाउँगाउँमा झिझिया नाचको रौनक

बिआरटीनेपाल २०८१ असोज १८ गते २१:११ मा प्रकाशित

नेपाल र भारतको क्षेत्रमा पर्ने मिथिलाञ्चल क्षेत्रमा बनाइएको दुर्गा भवानीको प्रतिमा अगाडि झिझिया नृत्यको रौनक बढेको छ । मिथिलाको हरेक गाउँगाउँमा अहिले रातिको बेला झिझिया नृत्यको रौनक देख्न सकिन्छ ।अस्ति दशैँ शुरू भएसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्सासहितको तराई–मधेसका सबै जिल्ला तथा भारतको सीतामढी र मधुबनी जिल्लासहित मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक छाएको हो । सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रूपमा झिझिया नृत्य हुने गर्छ ।

यस नृत्यमा पूर्णरूपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी दुर्गा स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ । आफ्ना शाखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ । झिझिया लोकनृत्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा क्षेत्रलगायत भारतीय क्षेत्र बेनीपट्टि, मधुवनी, जयनगर, सीतामढी, सहरसा लगायत क्षेत्रमा पनि प्रस्तुत गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू