अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

एशिया रग्बीको पहिलो खेलमा नेपालको पुरुष र महिला टोली पराजित

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:२२ मा प्रकाशित

एशिया रग्बी र नेपाल रग्बी सङ्घको आयोजनामा आजदेखि शुरु भएको एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको पहिलो खेलमा आयोजक नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो ।यस्तै पुरुषको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको छ ।

यसैगरी महिलातर्फ पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको छ । महिलातर्फको अर्को खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरमा पराजित गरेको छ ।दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजकिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताइपेई र श्रीलङ्का छन् । महिलातर्फ आयोजक नेपालसहित फिलिपिन्स, भारत, ग्वाम, श्रीलङ्का, इरान, उज्वेकिस्तान र इन्डोनेसिया रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू