अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:२१ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनुभएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सर्टलिस्ट सूचीमा समावेश भएका पाँचमध्ये तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो ।

यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति दिन अनुपस्थित भएपछि सार्वजनिक सूचनामार्फत् तीन जना उम्मेदवारलाई बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक डा.अधिकारी बिरामी भएपछि अन्तर्वार्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।

तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले आज अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम थियो । धितोपत्र बोर्ड २०८० पुस २० गतेपछि कार्यकारी अध्यक्षविहीन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू