अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 12:22

भारत र अमेरिकाले महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्य गर्ने

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:१३ मा प्रकाशित

भारत र अमेरिकाले स्वच्छ ऊर्जा प्रविधिका लागि महत्त्वपूर्ण खनिज क्षेत्रको आपूर्ति श्रृङ्खलामा सँगसँगै काम गर्ने भएका छन् ।अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले महत्त्वपूर्ण खनिजको आपूर्ति लाइनलाई ‘विस्तार र विविधीकरण’ गर्न सम्झौतामा हस्ताक्षर गर्नुभएको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ ।

अमेरिकाको वासिङ्टनमा भएको भेटमा उहाँहरुबीच समझदारी भएको र समझदारी पत्रको उद्देश्य महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्य बढाउनु रहेको उल्लेख छ । दुवै पक्ष अमेरिका र भारतले दुई देशको महत्त्वपूर्ण खनिजको खोज, प्रशोधन र शुद्धीकरण, पुनःचक्रण र पुनःप्राप्ति’ को व्यावसायिक विकासलाई सहज बनाउने तरिकाहरू पहिचान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

अमेरिका र भारतले सेमीकन्डक्टरहरूको क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएका समाचार संस्था एएफपीले जनाएको छ । चीनको प्रभुत्वको सामना गर्दै आपूर्ति श्रृङ्खलालाई सुदृढ गर्न गएको वर्ष अमेरिका र जापानले महत्त्वपूर्ण खनिजहरूको व्यापारमा सम्झौता गरेका थिए । अमेरिका–जापान सम्झौतामा द्विपक्षीय रूपमा ढुवानी गरिएका महत्त्वपूर्ण खनिजहरूमा निर्यात शुल्क नलगाउने प्रतिबद्धताहरू समावेश थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू