अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय

बिआरटीनेपाल २०८१ असोज १७ गते ७:१४ मा प्रकाशित

सिङ्गापुरका पूर्व यातायातमन्त्री एस ईश्वनरलाई त्यहाँको उच्च अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । पदमा रहँदा गैरकानूनी रूपमा उपहार लिएको मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री ईश्वरनलाई आज उच्च अदालतले सजाय सुनाएको एएफपीले जनाएको छ ।सजाय सुनाउँदै उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले एउटा सरकारी कर्मचारी निष्ठा र जवाफदेहिताको मापदण्डभन्दा तल झरेको जस्तो देखिने मुद्दामा यो सजाय अझै कम हो जस्तो लाग्ने बताउनुभयो ।

फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायातमन्त्री एस ईश्वरनलाई यस वर्ष ३५ वटा आरोप लगाइएको थियो । विश्वकै धनीमध्येमा पर्ने र सबैभन्दा कम भ्रष्टाचार हुने सिङ्गापुरमा सार्वजनिक अधिकारी वा व्यक्तिलाई भ्रष्टाचारको मुद्दा लाग्नु दुर्लभ मानिन्छ । गएको हप्ता ६२ वर्षीय पूर्वमन्त्री ईश्वरनलाई न्यायमा बाधा पुर्‍याएको र अवैध उपहार स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । तीन लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार स्वीकार्नेजस्ता आरोपबारे औपचारिक रूपमा सूचित भएपछि ईश्वरनले जनवरीमा राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू