अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

दसैंले बजारमा भिडभाड

बिआरटीनेपाल २०८१ असोज १७ गते ६:४३ मा प्रकाशित

आज घटस्थापना। दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखिसकिएको छ। दसैंका लागि बजारमा किनमेल गर्नेहरूको पनि भिड लाग्न थालेको छ।

काठमाडौंको असन बजार, पोखराको महेन्द्रपुल, चिप्लेढुंगा र ललितपुरको मंगलबजार क्षेत्रमा भिडभाड देखिन्छ। तर व्यापारीहरू भने विगतका वर्षहरूमा जस्तो अझै भिडभाड नभएको बताउँछन्।

दसैंका लागि आवश्यक खाद्यान्नदेखि लत्ताकपडाहरू खरिद गर्न बजारमा भिड छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू