अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

१५ अर्ब रुपैयाँ सहयोगमा भारतले थप दुई वटा पेट्रोलियम पाइपलाइन बनाइदिने

बिआरटीनेपाल २०८१ असोज १७ गते ६:३२ मा प्रकाशित

नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । काठमाण्डौमा आज भएको एक समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेशन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इन्डियन आयल कर्पोरेशनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेका थियो ।

सम्झौताअनुसार भारतले सिलिगुडीबाट नेपालको झापाको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गरिदिनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रीनफिल्ड टर्मिनल’ निर्माण पनि भारतकै लगानीमा बन्नेछ । यस्तै अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रीनफिल्ड टर्मिनल’ भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ ।

दुवै आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ बराबर रहेको निगमले जनाएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा आयोजना अगाडि बढाउने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू