अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

भारतको अवैध पटाका कारखानमा बिस्फोट हुँदा ५ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ असोज १७ गते ६:२१ मा प्रकाशित

भारतको बरेलीस्थित कल्याणपुर गाउँमा रहेको अवैध पटाका कारखानामा ठुलो बिस्फोट भएको छ ।बिस्फोटमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य पाँचनजना घाइते हुनुका साथै एकजना बेपत्ता भएको भारतीय संचारमाध्यमले जनाएका छन । बिस्फोटमा एक महिला, दुई बालकसहित अन्य २ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

यसैगरि विस्फोटले पाँँचवटा घर भासिएको बताइएको छ । प्रहरीले बिना लाइसेन्स चलाइराखेको पटाका कारखानामा भएको लापरवाहीका कारण विस्फोट भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू