अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

यू-२० भलिबल टोलीलाई बिदाई

बिआरटीनेपाल २०८१ असोज १६ गते ७:३४ मा प्रकाशित

नेपाल यू-२० पुरुष भलिबल टोलीलाई बिदाई गरिएको छ ।श्रीलंकामा हुन लागेको पुरुष यू-२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो ।नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगातयले टोलीको बिदाई गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राम्रो खेल प्रदर्शन गर्न सबैलाई आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषद् सधैँ साथमा रहेको बताउनुभयो । च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । राष्ट्रिय टोलिमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू