अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 02:49

छविलाल जोशीलाई रिहा गर्न सर्वोच्चबाट अस्वीकार

बिआरटीनेपाल २०८१ असोज १६ गते ७:३२ मा प्रकाशित

सर्वोच्च अदालतले सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका संचालक छविलाल जोशीलाई रिहा गर्न अस्वीकार गरेको छ ।पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका जोशीको तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेकोमा सर्वोच्चले उनलाई रिहा गर्न अस्वीकार गरेको हो ।

रिटमामाथि आज सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय सुनाएको हो । कास्की जिल्ला अदालतमा जोशीको बयान लिने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू