अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 02:47

निर्माण व्यवसायीकाे २० अर्ब रुपैयाँ भुक्तानी भएकाे छ : अर्थमन्त्री पाैडेल

बिआरटीनेपाल २०८१ असोज १६ गते ७:०५ मा प्रकाशित

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताउनुभएको छ ।अर्थ मन्त्रालयमा आज निर्माण व्यवसायी महासङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिबद्धता अनुरूप नै निरन्तर रूपमा भुक्तानी भइरहेको बताउनुभयो । उहाँले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरूको भुक्तानी नरोकिएको दाबी गर्नुभयो ।

मन्त्री पाैडेलले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दशैँअघि नै दिने प्रयासमा रहेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षको बजेटबाट गएकाे वर्षको दायित्वका योजनाहरूको विषयमा व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने बताउनुभयो । विपद्का कारण निर्धारित समयमा आयोजनाहरू सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने अर्थमन्त्री पाैडेलकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू