अस्ट्रेलियाका लागि प्रस्तावित राजदुत चित्रलेखा यादवले वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी आफूले काम गर्ने बताउनुभएको छ ।प्रस्तावित राजदुत यादवले बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै सो कुरा बताउनुभएको हो ।
प्रस्तावित राजदुत यादवले विश्व समुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्न राजदुतको जिम्मेवारी पाए सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । संविधान, सरकारको नीति, निर्णय र निर्देशनअनुसार राजदुतको दायित्व पूरा गर्ने सन्दर्भमा मूल्य र मान्यताहरु हुने प्रश्तावित राजदुत यादवको भनाई थियो । त्यस अवसरमा उहाँले राजदुतको रुपमा आफूले इमान्दारिता र लगनशीलताका साथ जिम्मेवारी पूरा गर्ने अठोट लिएको पनि बताउनुभयो ।
प्रस्तावित राजदुत यादवले अध्ययनका लागि अस्ट्रेलिया गएका नेपाली विद्यार्थीको समस्या समाधानका लागि पनि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।