अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

बाढी पहिराेमा परी ज्यान गुमाउनेकाे सङ्ख्या २ सय ३१ जना पुग्याे

बिआरटीनेपाल २०८१ असोज १६ गते ६:५२ मा प्रकाशित

गएको शुक्रवारपछिकाे वर्षाजन्य विपद्का कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३१ जना पुगेको छ । आज दिउँसोसम्मको विवरणअनुसार २४ जना बेपत्ता रहेका र एक सय ६५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद्बाट काभ्रेमा मात्रै ६८ जनाले ज्यान गुमाएका छन् । यस्तै ललितपुरमा ४४, धादिङमा ३९, काठमाण्डौमा १७ र सिन्धुपाल्चोकमा १० जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ६६ जनाको ज्यान गएको छ भने बाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकाबाहेकका १० वटा जिल्लामा एक सय ३५ जनाले ज्यान गुमाएका छन् ।

बाढी पहिरोमा परी एक हजार नौ सय ४६ वटा पशु मरेका वा हराएका छन् । प्रहरीका अनुसार बाढी पहिरोले एक हजार दुई सय ९७ घर र दुई सय ३५ वटा गोठ नष्ट गरेको छ । बाढी–पहिरोले ७९ वटा पुल भत्काएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू