अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

दशैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान खुल्ने

बिआरटीनेपाल २०८१ असोज १६ गते ६:४५ मा प्रकाशित

नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैँमा रात्रिकालिन उडान हुने सबै विमानस्थलहरू बिहान साढे ४ बजे नै खुल्ने जनाएको छ । बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाण्डाैसहित मुख्य सुगम विमानस्थल बिहान साढे ४ बजेदेखि नै खुला गर्न लागेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । यो नियम भोलि घटस्थापनादेखि पूर्णिमासम्म लागू हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डाै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्की, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा रातको समयमा पनि उडान गर्न सकिन्छ ।

अहिले आन्तरिक उडान बिहान ६ बजेदेखि राति २ बजेसम्म भइरहेको छ । यसअघि राति १० बजेसम्म मात्रै आन्तरिक उडान हुने गरेकोमा बाढी पहिरोका कारण आइतवारदेखि आन्तरिक उडान राति २ बजेसम्म भइरहेका हुन् ।

प्रतिक्रिया