अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

बाढीपहिरोबाट २ सय २४ जनाको मृत्यु, १ सय ५८ जना घाईते, १७ अर्बको क्षति

बिआरटीनेपाल २०८१ असोज १५ गते ७:४४ मा प्रकाशित

बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट २२४ जनाको मृत्यु भएको छ । विपदमा परी २४ जना बेपत्ता रहेका छन् । वाढी पहिरोमा परी १ सय ५८ जना घाइते भएको तथा ४ हजार ३ सय ३१ जनाको उद्धार गरिएको सरकाले जनाएको छ । विपद्पछि खोज तथा उद्धारका लागि ३० हजार ७ सय ३१ प्रहरी परिचालन गरिएको सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक प्रकोपबाट १७ अर्बको क्षति भएको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा पत्रकार सम्मेलन गर्दै मुख्यसचिव एकनारायण अर्यालले बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएको बताउनुभयो । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, ललितपुर, सिन्धुली, मकवानपुर बढी प्रभावित भएको उहाँले बताउनुभयो । भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोडको क्षति पुगेको छ । सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब रुपैयाँको नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको अर्यालले बताउनुभयो ।

सिँचाइका पूर्वाधारमा १ अर्ब रुपैयाँ बराबर क्षति पुगेको छ । बाढीपहिरोपछि ३७ राजमार्ग अवरूद्ध भएकोमा ९ वटा सञ्चालनमा आइसकेका छन् । ऊर्जातर्फ १६ वटा जलविद्युत आयोजनाहरूमा क्षति पुगेको बताउँदै अर्यालले जसमा कुल ६६७ मेगावाट जडित क्षमता रहेको जानकारी दिनुभयो । कुल १ हजार १ स ३९ मेगावाट क्षमताका १८ वटा निर्माणाधीन जलवियुत परियोजनामा पनि क्षति पुगेको उउहाको भनाई छ । बाढी पहरोले ५ प्रमुख प्रसारण टावरमा क्षति पुगेको सरकारले जनाएको छ । बाढी पहिरोले नेपाल दूरसञ्चार कम्पनीको ३१२ साइटमा क्षति पुगेको पनि मुख्यसचिव अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू