अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 04:45

बाढीपीडितलाई भाटभटेनीका गुरुङद्धारा १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा

बिआरटीनेपाल २०८१ असोज १४ गते ६:४६ मा प्रकाशित

नेपालभरि फैलिएको चेन डिपार्टमेन्टल स्टोर भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् उक्त सहयोग बाढीपीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जानकारी दिनुभएको छ ।

गुरुङले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको जानकारी पनि दिनुभएको छ । ‘अहिले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको छु’, उहाँको प्रेस नोटमा उल्लेख छ। प्रेस नोटमा गुरुङले अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि उल्लेख गर्नुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू