अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 05:32

सहकारी ठगी मुद्दामा दिल्लीबाट पक्राउ परेका नेपालीलाई काठमाडौँ ल्याइयो

बिआरटीनेपाल २०८१ असोज १३ गते ६:४२ मा प्रकाशित

सहकारी ठगी मुद्दामा फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौँ ल्याइएको छ। भारतको दिल्लीबाट पक्राउ परेका उनलाई शनिबार काठमाडौँ ल्याइएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उनीसँगै फरार रहेका ओमबहादुर दर्जीलाई पनि पक्राउ गरेर नेपाल ल्याइएको छ।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत हिनामिना गरी नेपाली फरार थिए। उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन्। उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा चलिरहेको छ। २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू