अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८
| Colorodo: 05:53
अविरल वर्षासँगै पृथ्वी राजमार्गअन्तर्गतको भ्याप्ले खोलामा गएको पहिरोले यात्रुवाहक बस पुरेको छ । धादिङको धुनीबेशी नगरपालिका र काठमाडौंको चन्द्रागिरी नगरपालिकाको सीमा पर्ने उक्त ठाउँमा पहिरोले टुरिस्ट लेखिएको यात्रुवाहक बस पुरेको हो ।
शनिवार बिहान करिब २ः३० बजेतिर आएको पहिरोका सडकसमेत पूर्ण रूपमा अवरोध भएको छ । पहिरोले अन्य केही गाडीमा पनि क्षति पुर्याएको छ ।सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरी नगरपालिकाले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरेको छ ।