अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१९ | Colorodo: 12:34

१७ वर्षमुनिको साफ च्याम्पियनशिप : भारतसँग ४–२ गोलले हार्‍यो नेपाल

बिआरटीनेपाल २०८१ असोज १२ गते ६:२७ मा प्रकाशित

१७ वर्षमुनिको साफ च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भुटानमा भएको खेलमा नेपाल भारतसँग ४–२ गोलले पराजित भएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएकोमा दोस्रो हाफको ६१ र ६८ मिनेटमा गोल गरेर भारतले अग्रता बनाएको थियो । त्यसपछि नेपालले ८२ मिनेटमा गोल फर्कायो ।  त्यसको तीन मिनेटमै अर्को गोल थपेर भारत ३–१ को अवस्थामा पुगेको थियो ।

नेपालले ९० मिनेटमा गोल गरेर खेलमा फर्किने सङ्केत गरेको थियो तर भारतले अर्को गोल थपेसँगै नेपाल ४–२ गोलले पराजित हुन पुग्यो । योसँग नेपालको फाइनल पुग्ने धोको अधुरै रह्यो । अर्को सेमिफाइलनमा अहिले पाकिस्तान र बङ्गलादेश खेलिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू