अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 06:42

सबै सुरक्षित स्थानमा बस्नुहोला, उद्धार र राहतमा प्राथमिकता दिएका छौं : गृहमन्त्री लेखक

बिआरटीनेपाल २०८१ असोज १२ गते ६:१८ मा प्रकाशित

गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जोखिममा रहेका मानिसहरुको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो ।गृहमन्त्री लेखकले अहिले काठमाडौंमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको बताउनुभयो । उहाँले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज् बनउने काम भइरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गर्नुभयो । उहाँले उद्धार, राहत र घाईतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले पुनःस्थापित र पुनः निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो । उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरु बगेको भन्दै हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराउनुभयो । उहाँले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताउनुभयो । गृहमन्त्री लेखकले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्न काममा खटिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू