अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थाल्याे

बिआरटीनेपाल २०८१ असोज ११ गते ९:२१ मा प्रकाशित

मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थालेको छ । जलाशय भरिन थालेपछि तल्लो तटीय क्षेत्र डुबानको जोखिममा परेकाे छ । निरन्तर ठूलो पानी परेको र पानी पर्ने क्रम नरोकिए आज रातिसम्म ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।

केन्द्रका प्रमुख तारादत्त भट्टले ड्यामको ढोका खोलेको अवस्थामा तल्लो तटीय क्षेत्र जोखिममा पर्ने भन्दै स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू