अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

एन्फा महिला लिग : एपीएफ पहिलाे चरणमा अपराजित

बिआरटीनेपाल २०८१ असोज ११ गते ९:१३ मा प्रकाशित

एन्फा महिला लिग फुटबलमा आज भएका खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।आज भएको पहिलो खेलमा एपीएफले बाग्मती युथ क्लबलाई ७–० गोलले हरायो । एपीएफका लागि रश्मीकुमारी घिसिङले ४ तथा अनिता बस्नेत र सबिता राना मगरले समान १ गोल गरे । यस्तै एपीएफले १ गोल आत्मघाती उपहार पायो । यो जीतसँगै एपीएफले ९ खेलमा २५ अङ्कसहित शीर्ष स्थानमा रहेर पहिलो चरणको प्रतियोगिता सकाएको छ । एपीएफ पहिलाे चरणमा अपराजित रह्याे । यस्तै बाग्मतीले ९ खेलमा १० अङ्कसहित छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको छ ।

आज भएको दोस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ५–० गोलले हराएको छ । आर्मीका लागि चन्द्रा भण्डारी, बिमला चौधरी, अमिशा कार्की, दीपा शाही र दीपा राईले गोल गरे । यो जीतसँगै आर्मीले ९ खेलमा २२ अङ्कसहित दोस्रो स्थानमा रहेको पहिलो चरणको प्रतियोगिता सकाएको छ । यस्तै कर्णालीले ९ खेलमा ४ अङ्कसहित नवौं स्थानमा रहेको प्रतियोगिता सकाएको छ । एन्फा महिला लिगमा एपीएफ र आर्मीसहित नेपाल पुलिस क्लब, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश दोस्रो चरणमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू