अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा

बिआरटीनेपाल २०८१ असोज ११ गते ८:५६ मा प्रकाशित

आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी दुबै चलचित्रले फरक विषयवस्तुलाई केन्द्रमा राख्दै दर्शकहरूलाई मनोरञ्जन दिने प्रयास गरेका छन् ।सानो संसारले नेपाली मध्यमवर्गीय परिवारको यथार्थ चित्रण गरेको छ । बुधवार काठमाण्डौमा आयोजित प्रिमियरमा दर्शक र समीक्षकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका थिए ।

सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बनेको यो चलचित्रमा सीता देवी तिमल्सेना, राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमले अभिनय गरेका छन् । यो चलचित्र ७० लाख रुपैयाँको बजेटमा निर्माण भएको हो ।त्यस्तै सामाजिक विषयवस्तुमा आधारित आँखा पनि आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक जोन योंजनको लेखन र निर्देशनमा बनेको यस चलचित्रले गरिबी, मानवता, सामाजिक दबाब, र नैतिकताजस्ता जटिल मुद्दाहरूलाई उजागर गरेको छ ।

चलचित्रमा स्मिता लामिछाने, आर के मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारहरूको अभिनय रहेको छ । आँखालाई दर्शकले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ। विशेष गरी यसले तल्लो वर्गको सङ्घर्ष र जीविकोपार्जनका लागि गरिने प्रयासहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । दुवै चलचित्र आजदेखि सिनेमा हलहरूमा उपलब्ध छन् र दर्शकहरूले यी फरक शैलीका फिल्महरू हेर्ने मौका पाउनेछन् ।

प्रतिक्रिया