अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

लेबनानमा हिजबुल्लाह समुहविरुद्ध इजरायलको भीषण हमला जारी

बिआरटीनेपाल २०८१ असोज ११ गते ८:३६ मा प्रकाशित

लेबनानमा हिजबुल्लाह समुहविरुद्ध यजरायलको भीषण हवाई हमला जारी छ ।बिहीबार मात्रै इजरायली हमलामा कम्तिमा ९२ जना मारिएका छन् । गत सोमबार इजरायलले हवाई हमला थालेपछि अहिलेसम्म ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । हजारौं घाइते भएका छन् भने लाखौं मानिस विस्थापित भएका छन् ।

गत वर्ष अक्टोबर ७ मा प्यालेस्टाइनको हमास लडाकु समुहले इजरायलमा आक्रमण गरेपछि इजरायली सेनाले गाजा क्षेत्रमा जवाफी कारबाही गरिरहेको छ । हमासको समर्थनमा हिजबुल्लाहले इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायलले पनि सशक्त कारवाही थालेको हो ।

अमेरिकालगयातका सहयोगी देशहरुले युद्धविरामको लागि गरेको आग्रह लत्याउँदै इजरायलले गाजा र लेबनानमा कारवाही झनै भीषण पारेको छ । हमास र हिजबुल्लाह दुवै समुहलाई इरानको समर्थन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू