अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

संस्कृत विश्वविद्यालयकाे केन्द्रीय कार्यालयमा लागेकाे ताला ३ महिना ८ दिनपछि खुल्याे

बिआरटीनेपाल २०८१ असोज ११ गते ७:५४ मा प्रकाशित

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय बेलझुण्डी दाङको कार्यालयमा लागेको ताला तीन महिना आठ दिनपछि खुलेको छ ।संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा लागेको ताला १५ दिनको निरन्तर वार्ता र छलफलपछि खुलेको हो । विश्वविद्यालयका तर्फबाट वार्ता टोलीका संयोजक प्राध्यापक योगराज शर्माले विश्वविद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थी सङ्गठन र आंशिक प्राध्यापकका माग सम्बोधनका लागि विश्वविद्यालय सहमत भएको र ताला खोलिएको बताउनुभयो ।

आयुर्वेद चिकित्सा अध्ययनरत विद्यार्थीका लागि अस्पताल बनाउन तत्काल प्रस्तावना निर्माण गरी अघि बढाउने, ओपीडी कक्ष तत्काल सञ्चालनमा ल्याउने, विद्यार्थीले पाउँदै आएको इन्टनशिपलाई निरन्तरता दिने, दुई करार शिक्षकको करार नवीकरण गर्ने र विश्वविद्यालयमा देखिएको आर्थिक तथा नीतिगत भ्रष्टाचारका विषयमा सबै सरोकारवाला पक्षलाई सचेत गराउँदै छानबिन गर्ने सहमति भएको छ । विभिन्न विद्यार्थी सङ्गठन तथा आंशिक प्राध्यापकले विश्वविद्यालय सुधारसँगै विभिन्न माग राख्दै असार २ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै विभिन्न शाखामा ताला लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू